सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शेयर बजार ८० अंकले बढ्यो, १० अर्ब २८ करोडको सेयर कारोबार

मंगलबार, असार ८ २०७८

काठमाडौ(जस)- केही दिनयता लगातार घटेको शेयर बजार मङ्गलवार भने झन्डै ८० अङ्कले बढेको छ । यो वृद्धिसँगै मंगलबार समग्र नेप्से २ हजार ९ सय १३.८४ विन्दुमा उक्लेको छ ।अघिल्लो दिनको तुलनामा यो २.८० प्रतिशतले बढेको हो । उक्त दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । यसअघि पाँच दिन लगातार नेप्से घट्दा बजार करिब २ सय (१ सय ९१ अंक)ले तल झरेको थियो । मंगलबार एकै दिन नेप्से ७९.४४ अंकले उकालो लागेको हो ।मंगलबार करिब १ लाख १२ हजार पटकको कारोबारबाट २ सय २५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार