काठमाडौ (जस)-यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापन-पत्र बुझाएका छन् । कोरोना भाइरसको कारण विगत लामो समयदेखि बन्द हुँदै आएको सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सुन्दर यातायात प्रालिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन–पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरेका हुन् ।लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरू प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उनले बताए ।
