शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कञ्चनपुर लागू औषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट ’, २ महिनामा ६४ जना पक्राउ

सोमबार, असार ७ २०७८

महेन्द्रनगर । कञ्चनपुर लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो एक महिनामा मात्रै ५४ जना लागुऔषध काराबारीहरुलाई पक्राउ गर्न सफल भए संगै कञ्चनपुर लागुऔषधको ट्रान्जिट प्वाइन्ट रहेको खुलेको हो । लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै आएको कञ्चनपुरमा प्रहरीले लागूऔषध कारोबारीको सञ्जाल तोड्न निषेधाज्ञाको समयममा बिशेष टोली परिचालन गरेको थियो। निषेधाज्ञाको कारण अन्य काम ठप्प भएपछि कञ्चनपुर प्रहरीको निशानामा लागूऔषध कारोवारीहरू परेका हुन्। कञ्चनपुर प्रहरीले चरेश, अफिम गाँजा भारत पठाउने र भारतबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधीहरू नेपाल ल्याउने कारोबारीहरूलाई पक्राउ गरेको हो।खुला सीमानाको फाइदा उठाउँदै भइरहेको लागूऔषधको अवैध कारोबार रोक्न कञ्चनपुर प्रहरीले २ महिनामा १५२.२०६ ग्राम ब्राउन सुगर, १४८ थान नाइट्रोभेट, चरेश, गाँजालगायत बरामद गरेको छ। कञ्चनपुर प्रहरीले पछिल्लो एक सातामा १२ जना भन्दा बढीलाई पक्राउ गरेको थियो।कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले लागूऔषधविरुद्ध प्रहरीले अभियान नै चलाएको बताए। ‘लागूऔषध कारोबारीहरूको सञ्जाल तोड्न हामीले आक्रमकरूपमा अभियान चलाएका छौं, त्यसबाट केही सफलता समेत मिलेको छ,’ उनले भने। ‘हामीले लागू औषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौं, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौं,’ उनले भने । खुला सीमाना, बढ्दो लागूऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रणमा चुनौती थपिएको एसपी चतुर्वेदीले बताए। यस्तै उनले गुण्डागर्दी, फरार अपराधी, सट्टेबाजी गिरोह तथा सरकारी छाप किर्ते दस्तखतजस्ता अपराधमा संलग्न व्यक्तिहरुलाई समेत पक्राउ गरिएको बताए। पछिल्लो आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २०१ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४ महिलासहित ९ जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) अमर थापाले बताए।‘१२३ मुद्दामा २०१ जना पक्राउ परेका हुन्,’ डिएसपी थापाले भने, ‘उनीहरुको साथबाट चरेश, ब्राउन सुगर, नाइट्रोभेट, स्यास्मो, कोरेक्स, ट्रामाडोल र गाँजा बरामद भएको छ।’ एसपी चतुर्बेदीका अनुसार कञ्चनपुरमा २केजी ५६९ ग्राम चरेश एकैपटक बरामद भएको छ । पक्राउ गरिएका मध्ये कतिपयलाई जेल चलान गरिएको र केही कानुनबमोजीम धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार