नेपालमा हालसालै समाजसेबा र अभियन्ताको नाममा भएका कतिपय अशोभनिय कृयाकलापहरुले समाजसेवा जस्तो पबित्र कार्यमाथी अनेक टिकाटिप्पणी हुन थालेको छ । ।समाजसेवाको आबरणमा बिभिन्न ब्यक्तीहरुले राहत बितरणको नाममा फोटोसेसन गरेको सामाजिक संजाल लगायत युट्युबमा यत्रतत्र देख्न सकिन्छ ।ति बितरण गरिएका राहत सामाग्री कस्ले कहाबाट कुन प्रयोजनमा पठाएको भन्ने कहिल्यै जानकारी गराईदैन ।जानकारी र प्रचारित त ति बितरणकर्ता हुन्छन, जबकी उक्त सामाग्री खरीद गर्नमा उनीहरुको कुनै योगदान हुदैन ।उनीहरुको दाता समक्ष बिचौलिया जस्तो सेतुको भुमिका मात्र निर्भाह गरेका हुन्छन । यसको आशय यहा उनीहरुको कुनै भुमिका नै छैन या गलत कार्य हो भन्न खोजीएको होइन ,यद्यपी दाताको दानको कदर हुनुपर्यो भन्न मात्रै खोजिएको हो ।ति सामाग्री गास काटेर बिदेशबाट श्रमिकले पठाको होस या नेपालको कुनै दाताले दिएको त्यसको कहिल्यै चर्चा र उनीहरुकोे कदर गरिएको कहिल्यैे सुनिदैन । नेपालमा कोरोना महामारीबाट सिर्जीत प्रतिकुल अबस्थामा कैयो ज्यालादारी श्रमिकहरुको दैनिकी कष्टकर बनेको छ ।उनीहरुको दयनिय अबस्था दखेरे मानबीय दायीत्वबोध गर्दै बिदेशमा श्रम गरिरहेको नेपालीले थुप्रै सहयोग पठाएका छन । त्यो स्वागतयोग्य र सहा्रनीय कार्य हो ।तथापी पछिल्लो समय कोरोना महामारीमा सहयोग गर्ने भन्दै कतिपयले समाजसेवाको उपमा दिदै निषेधाज्ञाको उल्लंघन गरेको समाचारहरु समेत मिडियामा आईरहेका छन ।केही दिन अघाडि मेलम्चीमा आएको बाढी पहिरोमा राहत बितरण गर्ने नाममा प्रचारात्मक कार्य बढि भएको भन्दै बाढी पहिरो पिडितहरुले राहत अस्वीकार गरेको सर्बबिदीतै छ । शुक्रबार आफुलाई समाजसेबी बताउने ज्वाला संगा्रैलाले समाजसेवाको नाममा ट्राफिक प्रहरीमाथी गरेको अशोभनिय ब्यबहार सर्बत्र आलोचना भईरहेको छ । सुर्खेतमा आफुलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीको ब्यबहार पनि आलोचनाको शिकार बनेको थियो ।उनले कथित समाजसेबाको नाममा सुर्खेतका स्थानियबासी माथी अभद्र ब्यबहार गरेको भनी उनको आलोचना भईरहेको छ । यी प्रतिनिधिमुलक घटनाले प्रष्ट हुन्छकी समाजसेबाको नाममा हामी प्रचार गर्दै पिडितको सेन्टीमेन्ट बटुल्न मात्रै यो कार्य गरिरहेका त छैनौ ? शुद्द मन र पबित्र हृदयले अोतप्रोत भएर गरिने बिशुद्द सेवालाई पछिल्लो समय केहीले समाजसेवाको आबरणमा बिकृत बनाउदै छन। बिदेशका बिभिन्न देशहरुमा श्रम गरिरहेका नेपाली श्रमिकहरुले गास काटेर मध्यपुर्बबाट ५६० थान पठाएका अक्सिजन सिलीण्डर लगायतका स्वास्थ्य सामाग्रीहरु प््रातिकुल अबस्थामा मातृभुमीप्रति दायीत्वबोध गर्दै पठाएका थिए । बिदेशका अन्य मुलुकमा रहेका नेपालीहरुले गैर आवासीय नेपालीको पहलमा स्वास्थ्य सामाग्रीहरु नेपाल पठाईरहेका छन तिनको खासै परिचर्चा गरिएको छैन तर यहा अन्य दाताहरुले दिएको सामाग्रीहरुलाई आफ्नो हवाला दिदै बितरण गर्नेहरुको चुरीफुरी कम छैन । समाजसेवा जस्तो पबित्र कार्यलाई कलंकित बनाउने कुकृत्य केही स्वघोषित समाजसेबीहरुले गर्दै छन । यो कदापी क्षम्य हुन सक्दैन ।आफुले आफुलाई समाजसेबीको उपमा दिदै उग्र र अशोभनीय ब्यबहार गर्ने केही समाजसेबी र अभियन्ता बन्नेहरुबाट यो बिशुद्द स्वच्छ हृदयले गरिने कार्यलाई प्रचारको आबरणले धुमील्याउन खोजिदै छ । समाजसेवी र अभियन्ताको आबरणमा कसैलाई धारेहात लगाउने र कानुन हातमा लिन खोज्ने कुकृत्यले झन यो सेवामुलक कार्यको सेवाभाबलाई थप बिकृत तुल्याउने चिन्ता थपिएको छ । लुटको धन फुपुको श्राद्द भनेझै दुख गरेर उपलब्ध बनाएको सामाग्रीलाई आफ्नो हवाला दिदै उपलब्ध गराउनु कुनै अर्थमा समाजसेवा हुन सक्दैन । नेपालका पछिललो समयका समाजसेृबी र अभियन्ताहरुको श्रोत केहो र उनीहरुलाई उक्त सामाग्री कस्ले कुन प्रयोजनको लागी कहा उपलब्ध गराउन खोजेको हो भन्ने कहिल्यै जानकारी गराएको पाईएको छैन ।यात उनीहरुले आफ्नै आर्थीक सा्रेत जुटाएर गरेका हुन या कुन दाताले सहयोग गरेको हो भन्ने जानकारी बिनाका रहस्यमय समाजसेबा र समाजसेबीहरुलाई कसरी बुभ्mने उनीहरुको सा्रेत केहो ?आफुलाई समाजसेबी र अभियन्ता बताउदै हिड्नेहरुको आर्थीक हेसियत किन अस्वभाबीक छ ? उनीहरुको आम्दानीको स्रोत केहो ? समाजसेबा आर्थीक आय हुने पेशा हो त ? होइन भने समाजसेबी र अभियन्ताहरुको आर्थाीक आयको स्तर कसरी आकाशीदै गएको छ ? उनीहरुको जिबनशैली, आर्थीक अबस्था र रबाफ किन बढोत्तरी हुदै गएको छ ।यी याबत अनुत्तरीत प्रश्नहरुको जबाफ खोज्नुपर्ने समय अब आएको छ र समाजसेबा र अभियानको नाममा कसैले स्वच्छ हृदयले उपलब्ध गराएको आर्थीक सहयोग कतै कथित समाजसेबी र अभियन्ताहरुले ब्यक्तीगत लाभमा त लगाएका छैनन ,सोचनिय बिषय बनेको छ ।एकातिर दाताले दुख गरि उपलब्ध गराएको आर्थीक लगायत अन्य सामाग्रीको दुरुपयोग गर्दै आफुलाई समाजसेबी र अभियन्ताको आबरण दिएर ।ति दाताहरुको भाबना माथी तुसारापात त गरिरहेका छैनन कथित अभियन्ताहरुले सबैले पहिल्याउने समय आएको छ ।