सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआईसी एशियाको कार्ड हराएमा अनलाइनबाटै आवेदन दिन सकिने

सोमबार, असार ७ २०७८

काठमाडौं(जस)–एनआईसी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भिस डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् ।
कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाइनमार्फत यस प्रकारको सुविधा ल्याएको बैंकले जनाएको हो । बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत आई सर्भिस भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘डेविट कार्ड रिप्लेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार