आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए कतारको एनसीसी सदस्यमा सन्तोस पौडेलको उम्मेद्धारी

आइतबार, असार ६ २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी एनसीसी सदस्यमा कतारबाट सन्तोस पौडेलले उम्मेद्धारी दिएका छन । कतारमा विभिन्न संघसंस्थाहरुमा आवद्ध रही विभिन्न सामाजिक कार्यहरु गरि स्थापित सामाजिक ब्यक्तीत्व तथा बाग्लुङ सेवा समाज कतारका अध्यक्ष समेत रहेका पौडेलले एनआरएनए राष्ट्रिय समन्बय परिषद कतारको आसन्न नवौ राष्ट्रिय महाधिबेशन मार्फत २०२१–२०२३ कार्यकालका लागि एनसीसी सदस्यमा उम्मेद्धवारी दिएका हुन । उनले आफ्नो उम्मेद्धारी एनआरएनए एनसीसी कतारको कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्न, एनआरएनए कतारलाई गतिशिल बनाई कतारबासी नेपालीका समस्या सम्बन्धित निकाय सम्म पुर्याएर आवाज उठाउन र समाधानका लागि पहल गर्ने उदेश्यका साथ उम्मेद्धारी दिएको घोषणा गरेका छन । पौडेलले आफु सदैब एनसीसी कतारको हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई एनआरएनए कतारको एनसीसी सदस्यमा विजयी गराउन आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार