काठमाडौ(जस)-प्रवासी नेपाली खेलाडी र खेल प्रेमीहरुको निकाय गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खेलाडीहरुको घरमा पुगी राहत बितरण गरेको छ कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको कारण खाद्यान्य जुटाउन नसकेर समस्यामा परेका काठमाण्डौ उपत्यका भित्र बसोबास गर्ने बिभिन्न खेल बिधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुलाई शनिबार उपत्यका तीन वटै जिल्लाका खेल प्रशिक्षण स्थल र खेलाडीहरुको घर घरमा पुगेर प्रतिष्ठानले राहत बितरण गरेको हो । असहज परिस्थितीमा खेलाडीहरुलाई केही राहत होस भनेर सक्दो सहयोग गरेको एनआरएनए स्पोर्टसका सदस्य सचिब धर्मराज गिरीले बताए । आगामी दिनमा समेत सहयोग निरन्तर जारी राख्ने गिरीले प्रतिबद्धता ब्यक्त गरे ।