शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौंको निषेधाज्ञा खुकुलो बनाउने तयारी, निर्णय लिन सिडिओहरूको बैठक बस्दैं

आइतबार, असार ६ २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको बैठक बस्दै छ। बैठक आज दिउँसो बस्ने भनिएको छ।

सीसीएमसीको बैठकले असार ७ पछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। जारी निषेधाज्ञा थप खुकुलो बनाउने सहमति प्रमुख जिल्ला अधिकारीहरुले गरे पनि तत्काल निषेधाज्ञा नहट्ने बताएका छन्।

निषेधाज्ञालाई थप खुकुलो बनाउन भने असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल खुलाउने तयारी गरिएको छ। ग्राहकलाई बसेर खान नदिने सर्तमा खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको बताइएको छ। सवारीसाधनमा जोर–विजोर नियम लागूसमेत हुनसक्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार