शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विपक्षी गठबन्धनको संयुक्त वक्तव्यः प्राकृतिक विपत्तिको सामनामा सरकार उदासिन(विज्ञप्ति सहित)

बिहिबार, असार ३ २०७८

काठमाडौ(जस)-विपक्षी गठबन्धनका शीर्ष ५ नेताले प्राकृतिक विपत्तिको सामनामा सरकार उदासिन देखिएको भन्दै आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।
यस्तै गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान समेत गरिएको छ । विज्ञप्ति जारी गर्नेमा देउवा–प्रचण्डसहित एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।
हेर्नुहोस विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित समाचार