शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मेलम्चीमा भिषण बाढी-पहिरोः आसपासका बस्ती बगायो,चनौते बजार डुबानमा, क्षतिको विवरण यकिन हुन सकेन

मंगलबार, असार १ २०७८

काठमाडौ । मंगलबार मेलम्चीमा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समयमा आएको भिषण बाढी र पहिरोले विद्यूत सेवा अवरुद्ध भएकाले क्षतिको विवरण यकीन हुन सकेको छैन । मंगलबार बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो ।
बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ ।जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय हेलम्बुमा पनि पानी पसेको छ ।नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको र मानिसहरु भागदौड गर्दै सुरक्षित स्थानमा गएका छन्। कही पक्की पुलहरु पनि बाढीले बगाएको छ ।
उज्यालो नभइकन केही गर्ने अवस्था नरहेको डीएसपी सापकोटाले जानकारी दिएका छन् ।परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी आजै खोलामा छोडिएको थियो । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन ।रातिको समय र बाढी प्रभावित क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएकाले उद्दार कार्य सम्भव भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार