शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विषाक्त सेनीटाईजर उत्पादक कम्पनीमा प्रहरीको छापा,दुई जना पक्राउ

मंगलबार, असार १ २०७८

काठमाडौ(जस)-मानव स्वास्थ्यलाई असर गर्ने विषाक्त सेनीटाईजर उत्पादन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।मेडीग्राफ ग्रुप अफ कम्पनी प्रालीबाट उत्पादित‘नेपाल ह्यान्ड सेनीटाईजर’नामक सेनीटाईजरमा बिषाक्त रसायन भटिएकोे हाे । ‘नेपाल ह्यान्ड सेनीटाईजर’नामक उक्त सेनीटाईजरमा methanolरसायन ६८% मिसाईएको पाईएको छ ।आषधी ब्यबस्था बिभागको प्रयोगशालामा परीक्षण गर्दा सो रसायन सेनीटाइजरमा भेटीएको हो ।उक्त रसायनले मानब स्वास्थ्यमा घातक असर गर्ने स्वास्थ्यकर्मी बताउछन । प्रहरीले सेनीटाईजर उत्पादक भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली स्थित मेडीग्राफ ग्रुप अफ कम्पनी प्रालीमा छापा मारी बिषाक्त सेनीटाईजर र सेनीटाईजर बनाउन प्रयोग गरिने उपकरण सहित दुई जनालाई पक्राउ गरेको छ । कम्पनीका संचालक सुजन दाहाल भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले बिषाक्त रसायन मिसाईएको पाईएपछि सेनीटाईजर कम्पनी र बनाउन प्रयोग गरिने मेसीन सहित दुई जनालाई मंगलबार पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सो कम्पनीमा कार्यरत रामेछाप सुनापति गाँउपालीका १ का सुजन गौतम र बझाङ केदारस्यु गाँउपालिका ८ का चन्द्रप्रसाद जोशी रहेका छन ।पक्राउ गरिएका दुबैजनालाई कालो बजारी तथा सामाजिक अपराध ऐन २०३२ बमोजिम कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सानोठीमीमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार