शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

संवैधानिक व्यवस्थामाथि भइरहेको हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन ५ पुर्वप्रधानमन्त्रीहरुको अपिल

शनिबार, जेष्ठ २९ २०७८

काठमाडौ(जस)-विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारलाई देश र जनतालाई असर पार्ने दिर्घकालीन प्रकृतिका काम नगर्न चेतावनी दिएको छ । गठवन्धनमा आबद्द पाँच शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गरेका उनीहरुले नेपालको संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसँग आग्रह गरेका छन् ।‘संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं ।’ विज्ञप्तिमा शेरबहादुर देउवा , प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित समाचार