शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

देशभर सामान्य देखि पूर्ण बदली, सतर्कता अपनाउन अनुरोध

शनिबार, जेष्ठ २९ २०७८

काठमाडौं । शुक्रबार देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश २, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार