शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

वाई वाइ ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलनका लागि आवेदन खुल्ला !

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडौ(जस)-ग्लोकल प्रालिले आयोजना गरेको कार्यक्रम ग्लोकल टीन हीरो नेपाल सातौं संस्करण २०२१ का लागि आवेदन खुल्ला गरिएको छ । ग्लोकल प्रालिले आवेदन खोलिएको पत्रकार सम्मेलन मार्फत शुक्रबार जानकारी गराएको हो । गत बर्षझै यस बर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिने आयोजक ग्लोकल प्रालिले बताएको छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित भएका छन भने ईन्डिया र श्रीलन्का बाट एकएक जना सम्मनित भईसकेका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरेको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य लिएको ग्लोकल प्रालिले बताएको छ ।
सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा उक्त कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://gitc.glocalteenhero.com/ मार्फत निशुल्क आबेदन भर्न सक्ने आयोजकले बताएको छ ।
पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने र त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ । अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता मार्फत २०२१ को बिजेता घोषणा गरिने बताईएको छ ।
अनलाइन मार्फत हुने अन्तिम स्क्रीनिंग र साक्षात्कारको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत श्रीमती नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, श्रीमती विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक श्री वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक श्री आदर्श अवस्थी, र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, श्री सौरभ ज्योति, रहने छन । ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, पहल साझेदारको रूपमा द् सोल्टी होटेल, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, डब्ल्यूडब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पी आर पार्ट्नरमा भी – चित्र, टेलिभिजन पार्ट्नरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स र भ्यू योर चोइस रहेका छन ।‘वाई वाई ग्लोकल टिन हिरो’कार्यक्रम किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने मंच भएकाे आयोजक ग्लोकल प्रालिको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार