शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

देशभर ३७५० जनामा कोरोना संक्रमण पुष्टि,५२२५ जना संक्रमण मुक्त, ६७ जनाको मृत्यु

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडौ(जस)- पछिल्लो २४ घण्टामा देशभर थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर ८ हजार ३०५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार