शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

माओबादी केन्द्रका नेता नारायणकाजीद्धारा गोरखामा कोरोना उपचार तथा परामर्श सम्बन्धी शिबिर सञ्चालन

बुधबार, जेष्ठ २६ २०७८

गोरखा(जस)नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले गोरखाका दुई नगरपालिका र छ ओटा गाउँपालिकाका १८ स्थानमा कोरोना संक्रमणको जोखिम कम गर्न शिविर सञ्चालन गरेका छन् । कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ पुगेर कोरोना परीक्षण, उपचार तथा परामर्श सेवा शिविर सञ्चालन गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
तीन जना चिकित्सक, ६ जना ल्याब प्राविधिक र अन्य स्वास्थ्यकर्मीसहितको टोलीले जिल्लाभर एन्टिजिन विधिमार्फत कोरोना परीक्षण गरिएका ९६८ जनामध्ये १८५ जनामा संक्रमण पुष्टि भएको र उनीहरूमध्ये जटिल अवस्था भएकाहरुलाई अस्पताल रिफर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार