शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा कोरोनाः५१५३ संक्रमित थपिए, ६५७० जना निको,१०८ जनाको मृत्यु

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौ(जस)-मुलुकमा पछिल्लो २४ घण्टामा ५,१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ वटा पीसीआर र ५,६११ वटा एन्टीजेन नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।मंगलबार ६,५७० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १०८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोभिडको कारण मृत्यु हुनेको कूल संख्या ८ हजार नाघेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार