शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पत्रकार महासंघलाई मास्कलगाएतका स्वास्थ सामाग्री हस्तान्तरण

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौ(जस)-नेपाल पत्रकार महासंघलाई जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र एनआरएनए कोरियाका पुर्व अध्यक्ष बिनोद कुवरले सर्जिकल मास्क र के एफ 94 मास्क वितरण गरेका छन ।

महासंघमा आयोजित एक कार्यक्रममा संपादक बगालेले महासचिब रोसन पुरी र सचिब गोबिन्द चौलागाईलाई पाच हजार सर्जिकल मास्क र के एफ 94 मास्क हस्तान्तरण गरेका हुन ।

प्राप्त मास्क आवश्यकता अनुसार प्रदेश समितिमार्फत सम्बन्धित सञ्चारगृहमा उपलब्ध गराइने महासचिब रोसन पुरीले बताए । महासंघले मास्क उपलब्ध गराउने जनसवाल दैनिकका सम्पादक बगाले र एनआरएनए कोरियाका पुर्व अध्यक्ष बिनोद कुवरलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार