शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा कोरोना : ६,८२५ कोरोना संक्रमित थपिए, ७५ जनाको मृत्यु

बिहिबार, जेष्ठ २० २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा १८,५६२ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

सोही अवधिमा ७५ जनाको मृत्यु भएको छ भने ५,९०४ जना कोरोनासंक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार संक्रमितमध्ये आज काठमाडौंमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा कोरोना संक्रमण देखिएको छ।

कूल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ। कूल मृतक संख्या ७६३० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८३९ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार