देशको अभिभावकीय भुमिका निर्बाह गर्नुपर्नेमा सदैब ओली गुटको बफादार कार्यकर्ता जस्तो सम्माननीय गरिमायुक्त पदमा आसीन राष्ट्रपतिबाट देखीनुले प्रश्नै प्रश्न जन्माएको छ। पछिल्लो समय राष्ट्रपति भण्डारीको कदम र क्रियाकलापले उनको पदिय भुमिका माथि समेत केही राजनैतिक कर्मीहरुले प्रश्न उठाउन थालेका छन।उनको भुमिकाको सन्दर्भमा अनेकौ टिका टिप्पणीहरु भएका छन।
राष्ट्रपति बिद्यादेवी भण्डारी नेपालको राजनितिमा मदन भण्डारीको देहाबसान संगै उदय भएकी पात्र हुन। दुई कार्यकाल राष्ट्रपति पदमा पदासीन भईन ।नेपालको राजनितिमा मदन भण्डारीको आफ्नै एउटा बिशिष्ट पहिचान थियो ।उनी कथीत जनताको बहुदलीय जनबाद भन्दै सैबैधानीक राजतन्त्र सहितको संसदिय प्रजातन्त्रको शिरोधार्य गरेका थिए,तथापी उनको आफ्नै राजनैतिक योगदान र क्षमताको कारण स्थापित भएका थिए । समयक्रमकमा मदन भण्डारीको रहस्यमय दुर्घटना भनौ या हत्या भईसकेपछि नेपालको राजनितिमा मदन पत्नि बिद्या भण्डारीको पर्दापण भयो र उनी मदनको लिगेसी पछ्याउदै एमालेको राजनितिमा सक्रीय हुदै नेपालको गरिमामय पद राष्ट्रपतिमा हाल पदासीन रहेकि छन। भण्डारीको हत्याको सन्दर्भमा अनेक स्टन्ट गर्दै मदन भण्डारीको हत्या हो भन्दै तत्कालीन संसदीय चुनाबमा काठमाडौबाट निर्बाचित भएकी बिद्या भण्डारी अहिले गणतान्त्रीक नेपालको राष्ट्रपतिमा आशीन भए संगै अनेकौ क्रीयाकलापले चर्चा परिचर्चा र आलोचनाको शिकार बनेकि छन। सबैको अपनत्व हुने गरी अभिवाबकिय भुमिका निर्बाह गरेर संबिधानको संरक्षक बन्नुको साटो तत्कालीन एमालेको आठौ महाधिबेशनबाट निर्बाचित उपाध्यक्षको जस्तो भुमिका निर्बाह गरिरहदा उनिप्रति आम चासो चिन्ता र आलोचना सर्बब्यापी भएको छ।संबिधानको रक्षा र सहमतिय पद्धतिमा लानुको साटो अनेक बबण्डर गर्दे राष्ट्रपतिय पदको उपहास र पदिय गरीमा ह्रास हुने क्रीयाकलापमा तल्लीन देखीन्छीन।प्रधानमन्त्री केपी शर्मा ओली कोटरीको नेतृ जस्तो उनको ब्यबहारले राष्ट्रपति जस्तो सम्मानीय पदको ओज हराउदै गएको छ। न्ोपाली जनताले लामो संर्घष र बलिदानीबाट प्राप्त गणतान्त्रीक ब्यबस्थाको हुर्मत लिएको भन्दै समग्र ब्यबसथा प्रति नै रोष प्रकट हुदै गएको देखिन्छ।कहिले त कार्यकारी भुमिका निर्बाह गर्न खोज्ने त कहिले ओलीको हरेक कदमलाई आखा चिम्लेर सदर गर्ने उनको प्रबृत्ती जगजाहर देखिन्छ। प्छिल्लो समय देश कोरोना महामारीको प्रतिकुल अबस्थामा रहेको बेला संसदको बाकी कार्यकाल छदै ओलीको आदेशमा बहुमत संसद सदस्य सहितको प्रधानमन्त्रीको दाबीलाई लत्याउदै मध्यरातमा पुनःसंसद बिघटन गनुैले उनी सबैले अपनत्वबोध गर्ने राष्ट्रप्रमुख र संबिधानको संरक्षक भन्दा पनि ओली कोटरीको कार्यकर्ता भएको पुनपूष्टि गरेको छ।हालसालै राष्ट्रपति भण्डारीले बिभिन्न दातृ निकाय संग राष्ट्रपतिको पदिय मर्यादा भन्दा बाहीर गएर कोभिडको लागी आबश्यक खोप लगायतका स्वास्थ्य सामाग्रीको अनुराध गर्दे माग गरेको बिषय पनि नेपाली राजनैतिक बृत्तमा चर्चा बटुलेको छ।राष्ट्रपति जसतो सम्मानीत पदधारण गरेको ब्यक्तीले कार्यकारी भुमिका निबाृह गर्नु गैर संबैधानिक भएको भन्दै आलोचना सुरु भईरहेको छ। नेपालको संबिधानत राष्टूपतिले राष्ट्रिय एकताको प्रर्बधन गर्नेछ भनेर किटानका साथ लेखिएको छ। नेपालका राजनितकर्मीहरुले राष्ट्रपतिको उक्त कदमको चर्को बिरोध गरेका छन।पुर्ब प्रधानमँन्त्री तथा जनता समाजबादी पाटीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सेरमोनीयल राष्ट्रपतिलाई भिख माग्न लगाएको भन्दै टिव्टरमा कटाक्ष गरेका छन उनले सरकारलाई खुरापात मस्त भई राष्ट्रपतिलाई भिख माग्न लगाएको भन्दै खै लाज शरम भनी कडा प्रश्न गरेका छन।उनले लेखेका छन,‘कोरोना बिरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायीत्व हो। हामी जस्तै ठुला देशका चेपमा परेका मंगोलीयाले कुशलतापुर्बक रुस र चिन दुबैबाट लिएर सबैलाई पुर्याई सक्दा हामी किन कुहिरोको काग जस्तो? सरकार खुरापातमा मस्त हुने सेरमोनीयल रापलाई चाही भिख माग्न लगाउने ? खै लाज शरम?’भट्टराई कडा ब्यंग प्रहार गर्दै सरकारलाई खुरापाती र लाज शरम नभएको समेत भनेका छन। त्यस्तै अर्का एमाले नेता भीम रावलले समेत टिव्टरमा टिप्पणी गर्दै राष्ट्रपतिले मित्र राष्ट्रहरु संग खोप लगायतका स्वास्थ्य सामाग्री मागेको सन्दर्भमा खेद प्रकट गरेका छन।उनले कोरोना बाट त्रसीत जनताको मनोदशालाई राष्ट्रपतिले शोषण गरेको भन्दै कार्यकारीले जस्तो अधिकारकाृे प्रयोग गरि खोप लगायतको याचना गर्नु संबिधानको गम्भिर उल्लंघन भएको बताएका छन। उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिलाई अधिकार बुझाउने कुचेष्टा भएको आरोप समेत लगाएका छन।उउनले लेखेका छन,‘कोरोना बाट त्रसीत जनताको मनोदशाको शोषण गर्दे राष्ट्रपतिले कार्यकारी प्रमुख झै बिभिन्न देशका राष्ट्रपतिलाई खोप याचना गर्नु संबिधान र प्रणालीको गम्भिर उल्लंघन हो।यसले के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाअधिकार बुझाउने असंबैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भिर प्रश्न उठ्छ।सर्बत्र बिरोध र आलोचना भईरहेका बेला कतिपय सत्ताधारी पाटी नेताहरुले भने राष्ट्रपतिको उक्त कदमको बचाउमा समेत उत्रेका छन।कडा टिप्पणी र असहीष्णु टिप्पणीका कारण आलोचित बनेका प्रधानमन्त्री ओलीका प्रेष सल्लाहकार सुर्य थापाले भने भिम रावलको उक्त टिप्पणीको प्रतिक्रीया दिदै आशींकरुपमा मगज बिग्रीएको समेतको आरोप लगाई भिम रावलको टिपपणी गरे संगै थापाको आलोचना भइैरहेको छ।उनले रावलको भनाईको टिप्पणी गदै टिव्टरमा लेखेका छन ‘उबभचतष्बििथ जभबम मबmबनभम’उनले भीम रावललाई उक्त आशींक मगज बिग्रीएको आरोप लगाउने थापा बारम्बार बिबादास्पद अभिब्यक्ती का कारण चर्चामा आउने पात्र हुन।प्रधानमन्त्रीको भक्तीभाबमा सम्पुर्ण जोड लगाएका थापाको बर्बराहटलाई खासै अर्थपुर्णरुपमा लिइएको छैन। कतिपय अन्य सत्ताधारी पाटीका नेता कार्यकर्ताहरुले राष्ट्रपतिको बचाउ गरेपनि अधिकाशंले बिरोध र आलोचना गरिरहेका छन। प्रधानमन्त्रीको हरेक कदमलाई शिरोधार्य गर्ने रे राष्ट्रपतिको गैरसंबैधानिक र बारम्बारको बिबादास्पद कार्यले कालान्तरमा राष्ट्रपतिय प्रणाली र गणतन्त्रात्मक ब्यबस्था नै धरापमा पर्ने त होईन भन्ने सर्बत्र आम नेपालीहरुमा चिन्ता थपिएको छ।