शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौ उपत्यकामा जेठ २० देखि निषेधाज्ञा खुकुलो बनाउने तयारी

आइतबार, जेष्ठ १६ २०७८

काठमाडौ(जस)-काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ ।पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा रहेको र निषेधाज्ञाले जनजीवन प्रभावित भएको भन्दै निषेधाज्ञा खुकुलो पार्ने विषयमा सरोकारवाला निकाय सकरात्मक बनेको हो ।उपत्यकामा निषेधाज्ञा लागु गरिएको आइतवार एक महिना पुगेको छ । कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै जेठ २० गतेसम्म निषेधाज्ञा जारी छ । पछिल्लो पटक लगाइएको निषेधाज्ञामा अझ कडाइ गरिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म अवस्था निकै भयावह रहेकोमा अहिले सुधार भएको बताएका छन। अक्सिजन, बेड, अस्पताल नपाएको जस्ता गुनासो अहिले नरहेको उनको भनाइ छ ।
अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा आफू सहमत रहेको प्रजिअ पराजुलीले बताए। तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उनको भनाइ छ ।
नागरिकलाई सधैं घरभित्र थुनेर राखेर मात्र समस्याको समाधान नहुने बताउदै नागरिक आफैं सचेत भए परिस्थिति सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार