काठमाडौ। गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नयाँ नेतृत्वका लागि निर्वाचन शनिबार बिहानदेखि सुरु भएको छ । अनलाइन मार्फत सुरु भएको निर्वाचनमा अहिलेसम्म खासै कुनै समस्या नदेखिएको प्रमुख निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिए । यसपटक अ्मेरिकामा २० हजार १३९ जना मतदाता छन ।
अहिलेसम्म करिब पचास प्रतिशत मत झरिसकेको छ । मे २९ बिहान पूर्वीय समय ८:०० बजे सुरु भएको निर्वाचन मे ३०, २०२१ राति सम्पन्न हुनेछ ।अनलाइनबाट भएको निर्वाचनमा मतदान नियमित रुपमा भएको छ ।
मे २९ बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निवाचन मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा अन्त्य हुनेछ । निर्वाचनको परिणाम मे ३० को राति अबेर अर्थात मे ३१ बिहान प्रकाशित गरिने निर्बाचन समितिले जनाएको छ ।
अमेरिकामा बसोबास गर्ने प्रायः सबै नेपालीको चासो अहिले यही चुनावमा केन्द्रित भएको छ । यो निर्वाचनमा अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा होमिएका छन । अहिले अध्यक्षमा बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने, अर्जुन बन्जाडे र तिलक केसी प्रत्यासी रहेका छन । अध्यक्षमा सबै उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्दै चुनावी अभियान सञ्चालन गरिरहेका छन उनीहरुलाई तेहा रहेका बिभिन्न नेपाली संघ सँस्थाहरुले आ आफ्नो उम्मेदवारको रुपमा समेत सार्बजनिक गर्दै चुनावी माहौलमा उत्रेका छन ।
हाल उम्मेदवारी दिएका चार उम्मेदवारहरु मध्ये एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्षसमेत रहेका बुद्धिसागर सुबेदी सबैभन्दा अगाडि देखिएका छन् । विश्लेषकहरुका अनुसार हालसम्म मतदाताहरु बढि रहेका राज्यहरु न्युवर्क,टेक्सास,क्यालिफोर्निया,
मेरिल्याण्डलगाएतमा करिब पचास प्रतिशत मत झरिसकेको छ झरेका मतहरुमध्य करिब आधा मत सुवेदीलाई नै झरेको र बाकि मत अन्य उम्मेदवारलाई झरेको विश्लेषकहरुको दाबी छ । हालसम्म झरेको मतमा सुबेदीका पक्षमा राम्रो मत झरेपछि उनको जित सुनिश्चित भएको विश्लेषकहरु बताउछन । सुवेदीका एजेण्डा, चुनावी अभियान, प्रचारप्रसार र युवा तथा महिलाको अधिक सहभागिताका कारण पनि सुबेदी अहिले अमेरिकाका गैरआवासीय नेपालीहरुमा लोकप्रिय बनेका कारण उनको पक्षमा मत दिनेको संख्या बढेको हो । हाल सुवेदीले उठाएका एजेन्डाहरुलाई पनि धेरै नेपाली संघसँस्थाले आफ्नो एजेण्डा बनाई उनलाई बिजयको शुभकामना दिइरहेका छन् ।
सुवेदीले आफ्नो उम्मेदवारीलाई स्थिर रूपमा प्रस्तुत गर्दै पदीय जिम्मेवारीको समय, आर्थिक भार, यात्रा, विषय र संस्थाको प्रमुख मुद्दालाई हेर्ने दृष्टिकोण सबैमाझ राखेका कारण सुबेदीको पल्ला भारी भएको एनआरएनए अभियानका अग्रजहरु बताउँछन् । सुबेदीले आफ्ना कुरा संयततापूर्वक राख्ने, अरूका कुरा सुन्ने र जवाफ दिने गरेका कारण पनि उनलाई धेरैले रुचाएको बताइन्छ । सुबेदी एनआरएनए अमेरिकामा बिभिन्न जिम्मेवारी निर्बाह गर्दै हाल अध्यक्षका उम्मेदवार बनेका सालिन ब्यक्ति भएकाले पनि उनलाई अध्यक्षमा रहेर नेतृत्व गर्दै एनआरएनए अमेरिकालाई उचाईमा पुर्याउन सक्ने व्यक्तिका रुपमा हेरिएको छ । एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्ष रहेका सुवेदीले आफ्नो चुनावी घोषणापत्रमा नागरिकताको निरन्तरता , गतिशील, सशक्त, संस्थागत र समावेशीताका मुद्दाहरु अगाडि सारेका छन् । उनले यी मुद्दाहरुमा केन्द्रित रहि बिभिन्न राज्यहरुमा भौतिकरुपमै उपस्थित भई व्यापक अन्तरक्रिया गर्दै सबैसँग सुझावसमेत संकलन गरेका थिए ।
हाल मतदानमा धेरै र व्यक्ति पिच्छे लिष्ट वितरण गरिएता पनि त्यसलाई मतदाताहरुले चासो दिएका छैनन । हरेकले आफ्नै प्रकारले चिनेर मतदान गरिरहेका छन । हालसम्म झरेको मतहरुमा दावी गरिए अनुसारको बुथ र गुट भोट पनि नभएको देखिएको छ । कतिपय उम्मेदवारहरु घर-घरमा गएर पनि मतको लागी अनुरोध गरिरहेका छन ।