अछाम। “ मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ” भन्ने जेसीजको मूल मन्त्र लाई अंगिकार गर्दै शुक्रबार१४ओैं गणतन्त्र दिवसकाे अवसरमा अछाम जिल्ला अस्पताल मंगलसेन अछाममा ३२ जना बिरामी लाई निशुल्क खाना बितरण गरिएकाे छ।अछाम जेसिजजेसीआई अछाम बर्ष २०२१ काे आयोजनामा तथा निबर्तमान अध्यक्ष जेसी तुलाराम बिसी ज्यु को अगुवाईमा याे अभियान अछाम अस्पतालका १००० बिरामिका कुरूवाका लागि शुरुवात गरिएकाे छ ।विआर्सि नेपालको रातो बाल्टिन परियोजनाको सहयोगमा जिल्ला अस्पताल अछामका बिरामी कुरुवाका लागि निःशुल्क खाना सहयोग कार्यक्रम शुरु गरिएको हाे। १ हजार खाना छाक सम्म खुवाईने अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले बताए।अछाम जेसिजले शनिवार बिहानसम्म ३२ जना बिरामीका कुरुवालाई खाना सहयोग गरिसकेको छ।।

जिल्ला अस्पतालमै आएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि खाना वितरण गर्ने गरिएको छ । कोरोना महामारीका कारण समस्या उत्पन्न भैरहेको बेला निःशुल्क खाना सहयोग गरेकोमा कुरुवाले धन्यवाद व्यक्त गरेका छन् ।सकारात्मक कार्य भएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले बताए । अछाम जेसिजका अध्यक्ष जेसि अमरनाथ न्याैपाने काे अध्यक्षताका भएकाे कार्यक्रममा अछाम अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल , पुर्व अध्यक्ष नमराज न्याैने अस्पताल का नर्सिङ ईन्चार्ज गंगा बुढा मगर र अछाम जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि हरिशचन्द रावल ,काेषाअध्यक्ष दिपिका कुवर,महासचिब टेकराज भण्डारी र उपाध्यक्ष मनकला न्याैपाने, जेसी रञ्जना खनाल ,जेसि सूर्य परिवार र अन्य जेसीजका सदस्यहरूले सामाजिक दुरि कायम गर्दै उपस्थिति भई सो निःशुल्क खाना वितरण कार्यक्रम सम्पन्न ग़रीएकाे हाे ।
