बाके(जस)-भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध मुद्दा दर्ता भएको छ ।
रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन।बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्यु भएपछि रावत लगायतले स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए । आरोपीलाई बाँके जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रवार अनुमति दिएको छ ।