गाेरखा(जस)-काेराेना भाइरस नियन्त्रणका लागी नेकपा माओवादी सिरानचाेक गाेरखाले योङ कम्युनिष्ट लिग (ycl) को पालिका र वडा समितिहरुलाई स्वयंसेवकको भूमिकामा सक्रिय गराउने निर्णय गरेकाे छ। बिहीबार बसेकाे भर्चुअल बैंठकले भाइरसकाे दाेस्राे लहर पहाडका बस्तीहरुमा फैंलदै गएकाे अवस्थामा विभिन्न याेजना र संरचना बनाई अघि बढ्ने निर्णय गरेकाे हाे।कोभिड नियन्त्रण गर्नको लागि जनताहरुलाईलाई विभिन्न माध्यमबाट सूचित गर्ने, जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने र जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्ने लगायतका निर्णय गरेको छ।
बैठकपछि पार्टीले एक बिज्ञप्ति जारी गर्दै जनताको जीवनरक्षाको अत्यन्तै संबेदनशिल यो मुद्दामा स्थानीय तहको लापरवाहीप्रति खेद प्रकट समेत गरेकाे छ।
बिज्ञप्ती:
कोभिड–१९ को नयाँ भेरियन्टको कारण नेपालका संक्रमण बढिरहेको सर्वबिदितै छ। यो दोस्रो लहरको संक्रमण पहाडका बस्तीहरुमा फैंलदो छ। यसबाट हाम्रो गाउँपालिकाको जौवारी, छोप्राक, गाँखु र श्रीनाथकोट बढी प्रभावित छन। अन्य गाउँमा पनि लक्षणसहितका बिरामीको संख्या बढ्ने क्रममा छ। कोभिड–१९ को तेस्रो लहर आउने र त्यसले झन भयावह रुप लिने संभावताप्रति विज्ञहरुले सचेत गराइरहेको छन्। जनताको जीवनरक्षाको अत्यन्तै संबेदनशिल यो मुद्दामा स्थानीय तहको लापरवाहीप्रति खेद प्रकट गर्दै हाम्रो पार्टी नेकपा (माओवाद केन्द्र) सिरानचोक गाउँ समितिको यही जेठ १३ गतेको भर्चुअल बैठकबाट कोभिड–१९ नियन्त्रणको लागि निम्न अनुसार योजना र संरचना बनाई अघि बढ्ने निर्णय गरिएको छ।
१. कोभिड-१९ नियन्त्रणको लागि पालिकामा एकताबद्ध भएर चौतर्फी पहल गर्न र विशेष अभियान संचालन गर्न जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था, शिक्षक, बुद्धिजीवी, कर्मचारी, प्रहरी लगायतको सर्वदलिय, सर्वपक्षिय संयन्त्र निर्माण गर्न पहल गर्ने।
२.१. कोभिड–१९ बाट पालिकाका जनताको जीवन रक्षाको लागि भूमिका खेल्न, जिल्ला पार्टी सचिवालय सदस्य क. नवराज पुडासैनीको संयोजकत्वमा १९ सदस्यीय पालिका स्तरीय कोभिड स्वास्थ्य इकाई, सिरानचोक गठन गरिएको छ। समितिका सदस्यहरुमा क. बासु पोखेल, क. शितलचन्द्र पोखरेल, क. शम्भु ढकाल, पूर्ण कुमारी कँडेल, क. पुष्पराज दाहाल, क. हेमराज गुरुङ, क. लक्ष्मी रम्तेल, क. दिपा गुरुङ, क. युवराज पोखरेल, क. रामचन्द्र पोखरेल, क. राजेन्द्र अर्याल, क. राजेन्द्र ढकाल, क. दिपक श्रेष्ठ, क. धन बहादुर तामाङ, क. प्रेम ओस्ती, क. रोशन बि.क., क. राजेन्द्र पोखरेल र क. जीवन खड्का रहनुभएको छ।
२.२. सिरानचोक को ८ वटै वडामा कोभिड स्वास्थ्य इकाई, गठन गर्ने निर्णय गरिएको छ। जस अनुसार वडा नं. १, मा संयोजन क. पुष्पराज दाहाल, वडा नं. २, मा संयोजक क. दिपा गुरुङ, वडा नं. ३, मा संयोजक क. शम्भु ढकाल, वडा नं. ४, मा संयोजक क. युवराज पोखरेल, वडा नं. ५, मा संयोजक क. रामचन्द्र पोखरेल, वडा नं. ६, मा संयोजक क. राजेन्द्र अर्याल, वडा नं. ७, मा संयोजक क. राजेन्द्र ढकाल, वडा नं. ८, मा संयोजक क. दिपक श्रेष्ठ रहनुभएको छ।
२.३. योङ कम्युनिष्ट लिग (ycl) को पालिका र वडा समितिहरुलाई स्वयंसेवकको भूमिकामा सक्रिय गराउने निर्णय गरिएको छ।
३. पालिका र वडामा गठित कोभिड स्वास्थ्य इकाई र स्वयंसेवकले निम्न अनुसारका काम गर्नेछ।
३.१. कोभिड नियन्त्रण गर्नको लागि जनसमुदायलाई विभिन्न माध्यमबाट सूचित गर्ने, जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने । जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्ने।
३.२. कोभिड कोष खडा गरी पार्टी पंक्ति, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, समर्थक तथा शुभचिन्तकहरु समक्ष स्वैच्छिक सहयोग संकलन गरी संक्रमण हुनबाट बच्ने आधारभूत स्वास्थ्य सामग्री खरिद तथा संकलन गरी संस्थागत बितरण गर्ने, संक्रमितको अवस्था बुझेर आवस्यकता अनुसार परिक्षण तथा उद्धार गर्न, क्वारेन्टाइन, आइसोलेसन निर्माण गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने।
३.३. संक्रमितहरुको लक्षणको आधारमा गाउँबस्तीमा कोभिड परिक्षण तथा परामर्श शिविर संचालन गर्ने। जौबारी र गाँखुमा गरिएको परिक्षणबाट जनतामा राम्रो सन्देश प्रबाह भएको निस्कर्ष निकालियो।
३.४. संक्रमण नियन्त्रण तथा रोकथामको लागि गाउँपालिकाबाट हुने गरेको ढिलासुस्ती, अनिच्छा तथा लापरवाही रोक्न विशेष ध्यानाकर्षण गराउने।
४. जौवारी प्राथामिक स्वास्थ्य केन्द्रमा कोभिड संक्रमितको उपचार गर्न थप पहल गरिनेछ। पालिकाका सबै स्वास्थ्य संस्थामा हुने उपचार प्रक्रियाको अध्ययन र तथ्थांक संकलन गरी प्रभावकारी उपचारको लागि सहजीकरण गरिनेछ। प्रत्येक वडाका स्वास्थ्य चौकीहरुलाई एन्टिजेन परिक्षण गर्न सक्षम बनाउन पहल गरिनेछ।
जनताको जीवन रक्षालाई केन्द्रमा राखेर जनसेवामा समर्पित हुनु अहिले हाम्रो मुख्य कार्यभार हो। पार्टी पंक्तिले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, स्वयंसेवक भएर जनतालाई संक्रमण हुनबाट बचाउने, संक्रमण भएका जनताको उपचारमा सहयोग गरी बिपदको घडिमा साथ दिने भरोसा योग्य पार्टीको व्यवहारिक अनुभूति दिलाउन सक्षम हुनेछौं।
१३ जेठ, २०७८
नवराज पुडासैनी
संयोजक
कोभिड स्वास्थ्य इकाई, सिरानचोक
नेकपा (माओवादी केन्द्र)