सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रतिनिधि सभा बिघटनप्रति ओमानमाा रहेका नेपालीहरुको गम्भीर ध्यानाकर्षण,प्रतिगामी कदमको बिरुद्धमा एकताबद्द हुन आग्रह(बिज्ञप्तिसहित)

बिहिबार, जेष्ठ १३ २०७८

काठमाडौ।प्रतिनिधि सभा बिघटन बिरुद्ध ओमानमा रहेका प्रबासी नेपालीहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन ओमान स्थित ५प्रबासी संगठनहरुले संयुक्त बिज्ञप्ति जारी गर्दे प्रतिगामी प्रधानमन्त्री र राष्ट्रपतिकोे असंबैधानीक कदम नेपालको बलीदानीपुर्ण आन्दोलनबाट प्राप्त लेकतान्त्रीक गणतन्त्रात्मक ब्यबस्था निमीट्यान्न पार्न उद्दत रहेको बताएका छन। ओमानमा रहेका नेपाली जनप्रगतिशिल मंच , जनसम्पर्क समिती, नेपाली एकता समाज, बिबेकशील नेपाली ओमान र प्रबासी नेपाली एकता मंचले संयुक्त बिज्ञप्ति जारी गदै नेपालको परिबर्तनको आन्दोलनमा कुनै भुमिका नभएका ओली र बिद्या भण्डारीबाट भएको संसद बिघटनलाई प्रतिगामी कदम भन्दै यसको डटेर सामना गर्न समेत अपिल गरेका छ।
‘संघिय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पुर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडी बढाएका छन् ,ओली वास्तवमा देशलाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमिकरणको दिशामा लान उद्दत छन् । विदेशी शक्तिकेन्द्रहरुको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन । दुखको कुरा देशको सर्वोच्च सम्मानित संस्थाले समेत ओलीका असवैधानिक कदमलाई रवरस्ट्याम्पको रुपमा मतियार बनेको छ ।’बिज्ञप्तिमा भनीएको छ,‘ राजनीतिक दलहरुलाई पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दछौं । यस्तो अक्षम्य असंबैधानिक कार्यमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भईसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दर्छौं ।’ओमान स्थित प्रबासी नेपाली संगठनले प्रतिगमनकारी प्रतिनिधि सभा बिघटनको बिरुद्दमा हुने सबै प्रकारका आन्दोलनमा ऐक्यबद्दता समेत रहने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार