आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन?

मंगलबार, जेष्ठ ११ २०७८

बर्तमान केपी शर्मा ओली नेतृत्वको सकारका मन्त्रीहरु अनेक हकर्तले चर्चामा आईरहेका छन। कहिले सार्बजनीक कायर्यक्रममा श्री ५को सरकारको तर्फबाट सम्बोधन गरेर होस त कहिले रुखबाट कार्बनडाईअक्साईड पाउछौ भनेर होस कुनै न कुनै रुपमा चर्चामा आएर आलोचनाको शिकार भईरहेका छन। यस्तै आलोचनाको शिकार भएका अर्का मन्त्री हुन,,प्रेम आले डोटीबाट प्रत्यक्ष निर्बाचित यी मन्त्री बारम्बार बिबादीत अभिब्यक्ती दिएर चर्चामा आईरहेका हुन्छन। केही समय अघाडी रुखले कार्बनडाईअक्साईड दिन्छ भनेर आलोचित भएका यी बनमन्त्री अहिलेफेरि चिनीया सहयोग प्राप्त अक्सिजनमा फोटो अंकीत गरेर सामाजीक सन्जाल देखि यत्रतत्र आलोचीत भईरहेका छन। बनमन्त्री आलेले चिनबाट प्राप्त भएको अक्सिजन सिलिण्डर मा आफुले सौजन्य गरेको भनी स्टीकर टासेर बितरण गरेपछि चर्चीत बनेका हुन।
केही दिन अघाडि चिनीया सरकारले सहयोग गरेको अक्सिजन सिलीण्डरमा आलेले आफ्नो नाम र सौजन्य गरेको ब्यहोरा लेखी सामाजीक सन्जालमा राखेपछि उनको चौतर्फी आलोचना सुरु हुन थालेको छ। पटक- पटक बिबादीत बन्दै आएका मन्त्री आलेको नियुक्तीमा समेत बन मुद्धा खेप्दै आएको ब्यक्तीलाई नै बन मन्त्री बनाएको भन्देै सुदुरपश्चिमका एमाले नेता भीम रावलले चर्को आलोचना गरेका थिए। उनको डोटी जिल्ला बन कार्यालयमा बन पैदाबार तस्करी सम्बन्धी मुद्धा बिचाराधीन रहेको बताईएको छ। सुदुरपश्चिम प्रदेश सरकारकी उद्योग बन तथा पर्यटन मन्त्री माया भट्टले पनि एक सार्बजनीक कार्यक्रममा मन्त्री आलेले काठ तस्करीबाट अकुत सम्पत्ती कमाएर काठमाडौमा आलीशान बंगला बनाएको बताएकी थिईन।आले मन्त्री हुनुभन्दा पहिले पनी संसदीय समितीको टोलीसहित सामुदायीक बनको सुदुपश्चिममा निरीक्षण गर्ने क्रममा सामुदायीक बन उपभोक्ता समितीका अध्यक्षलाई मनपरी गाली गर्दे‘म को हु चिन्छस टाउको तल गरेर कुरा गर’ भन्दै धम्क्याएको भिडीयो मिडीया मार्फत सार्बजनीक भएको थियो।उक्त भिडीयोमा मन्त्री आलेले असभ्य तवरले धम्क्याएको दृश्य देखीन्थ्यो। सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी आलीको हावादारी गफ रअसंबैधानीक कार्यले मुलुकमा राजनैतिक संकट निम्त्याईएको छ भने मन्त्री को यस्ता गैर जिम्मेबार अभिब्यक्ती र क्रियाकलापले नेपाली जनता कोरोना महामारीमा आक्रान्त परेका बेलामा राहत दिनुको साटो यी र यस्ता गतीबीधीले सरकारको गैरजिम्मेवारपन उदाङगो भएकोृ छ।। एकपटक यी बनमन्त्री आलेले एउटा सार्बजनीक कार्यक्रममा ‘यो सरकार जनताप्रति उत्तरदायी सरकार हो भन्ने सोच्नुभएको भए त्यो तपाईहरुको ठुलो भ्रम हो’, भन्ने समेतको अभिब्यक्ती दिएका थिए। यस्तो कोरोना महामारीमा जनता अक्सिजन नपाएर छटपटीरहेको बेलामा मित्र राष्ट्रले दिएको अक्सिजन सिलिण्डरमा समेत आफ्नो नाम र आफैले सौजन्य गरेको स्टीकर टास्न लगाउने बन मन्त्रीबाट नेपाली जनताले के अपेक्षा गर्ने? आफ्नो दायीत्व र जिम्मेबारीबाट पन्छने तर अरुले सहयोग गरेको सिलीण्डरमा आफुले अपनत्व लीन खोज्ने यी मन्त्रीले केही समय अघाडी आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन समेत गरेका थिए। जनताको जिबन रक्षा गर्नु भन्दा पनि प्रचार गरेर दिग्भ्रमित पार्न खोज्ने यस्ता गैरजिम्मेबार मन्त्रीहरलाई अब देशले कतिञ्जेल थेग्नुपर्ने हो। केरोना महामारी मा सरकारले जनताको जिबन रक्षाको लागी अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको सहज उपलब्धता गराउने बेलामा अन्य देशबाट सहयोग स्वरुप आएको अक्सिजन सिलीण्डरमा आफुले दिएको भन्दै स्टीकर अङकन गर्नु निर्लज्जताको पराकाष्ठा हो।

प्रतिक्रिया
सम्बन्धित समाचार