शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रतिनिधि सभा बिघटनको बिरुद्दमा एकताबद्द भएर उभीन मलेसीया स्थित ४प्रबासी संघठनको अपिल

मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौ।प्रतिनिधि सभा बिघटनको बिरुद्दमा एकताबद्द भएर उभीन मलेसीया स्थित ४प्रबासी संघठनले अपिल गरेको छ। असंबैधानिक तवरले गरीएको राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको मलेसीया स्थित प्रबासी संघठनहरुले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन। मलेसीया स्थीत ४ प्रबासी संघठन नेपाली जनप्रगतीशील मोर्चा,नेपाली जनप्रगतीशील मञ्च,नेपाली समाज र बिबेकशील साझा मञ्चले संयुक्त बिज्ञप्ति जारी गर्दे प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गत शुक्रबार मध्यरातमा गरीएको संसद बिघटन असंबैधानीक र लोकतन्त्रको हित बिपरीत भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको हो। शेरबहादुर देउबाको पक्षमा स्पष्ट बहुमत सासंदको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा दाबी गर्न जादा समेत बहुमतको प्रधानमन्त्रीलाई नियुक्त नगरी मध्यरातमा संसद बिघटन गर्नु लोकतन्त्र र संबैधानीक मर्यादाको राष्ट्रपति र प्रधानमन्त्रीले उपहास गरेको बताईएको छ।बर्तामान प्रधानमन्त्री र राष्ट्रपति परिबर्तनको आन्दोलनमा कुनै योगदान नभएका परिबर्तन बिराधी भएको भन्दै नेपाली जनताको त्याग र बलीदानीबाट प्राप्त ब्यबसथा माथीको आक्रमण नेपाली जनतालाई सह्य हुन नसक्ने समेत बताईएको छ।,‘संबिधानको संरक्षक राष्ट्रप्रमुखबाटै पटक पटक संबिधानमाथी प्रहार हुनु सामान्य र संयोग मात्रै होइन,नेपाली जनताको लामो समयको संघर्ष र बलिदानी स्वरुप प्राप्त गरेको संबिधान र लोकतन्त्रमाथी परिर्बतनको आन्दोलनमा खासै योगदान नभएकाहरुबाट प्रहार हुनु आम जनताको लागी सह्य हुन सक्दैन।’बिज्ञप्तिमा भनीएको छ,‘गत पुष ५को असबैधानीक संसद बिघटनलाईे पुनःनिरन्तरता दिदै देशललाई अस्थीर र संबैधानीक संकट पैदा गरी सिक्कीमीकरणको दिशातर्फ लैजाने बिदेशी शक्ती कैन्द्रको योजना हो ।’ प्रधानमन्त्री र राष्ट्रपतिबाट सिर्जीत बर्तमान परीस्थीतीको बिरुद्दमा सम्पुर्णलाई एकताबद्द भएर संघर्ष गर्न समेत संघठनले अपील गरेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार