काठमाडौ(जस)- विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । १४६ जना सांसद अदालतमै उपस्थित भएर रिट दायर गरेका हुन् । कांग्रेस सांसद गगनकुमार थापाले करिब ५४ प्रतिशत सांसदले हस्ताक्षर गरेको बताए । ‘अदालतले संविधानको धारा हेरेर, केही समयअघि अदालत आफैँले गरेको व्याख्याको आधारमा हामीले दायर गरेको रिटको पक्षमा दायाँ बायाँ गर्दैन भन्ने विश्वास छ,’ थापाले भने, ‘करिब ५४ प्रतिशत सांसद आएर रिट दायर गरेका छौँ ।’ उनले आफूहरू ज्युँदै रहेको भन्दै श-शरीर उपस्थित भएको पनि बताए ।
रिट दायरपछि थापाले अदालतले संविधानको धारा र केही समयअघि आफैँल संसद् विघटनको विषयमा गरेको व्याख्याको आधारमा पनि सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुल्ने बताए ।