शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विपक्षी गठबन्धनका सांसदकाे हस्ताक्षर संकलन, आजै सर्वोच्चमा रिट हाल्ने

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौ(जस)-प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसलगायत ५ दलका सांसद सर्वोच्च अदालत जाने भएका छन्।आजै सर्वोच्चमा रिट लिएर जाने तयारी भइरहेको कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए।अहिले कांग्रेस र नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदिय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर लिने काम भइरहेको छ।हस्ताक्षर संकलनमा नेपाली काङग्रेस,नेकपा(माओबादीकेन्द्र),जसपा र राष्ट्रिय जनमोर्चा लगायतका दलका सांसदहरुको हस्ताक्षर संकलन भईरहेको छ।
यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले पनि आजै दिउँसो १ बजे बानेश्वरमा भेला राखेका छन्।अहिले कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस नेता रमेश लेखक, पुष्पा भुसाल, माओवादीका नेता देव गुरूङ, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले रिटको ड्राफ्ट तयार गर्दैछन्।
गत शुक्रबार यी दलका १४९ सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका थिए। तर राष्ट्रपतिले दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार