शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

माओबादी स्थायी कमिटीको बैठक सम्पन्नः प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय

शनिबार, जेष्ठ ८ २०७८

काठमाडौ(जस)-नेकपा माओवादी केन्द्रले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कानूनी र राजनीतिक दुवै हिसावले कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई परास्त गर्ने गरी कदम चाल्ने निर्णय गरेको हो।

साथै माओवादी केन्द्रले सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवी लगायत लोकतन्त्र रक्षाको पक्षमा रहेका सबैलाई यसको प्रतिवादमा उत्रिनसमेत अपिल गरेको छ। देश कोरोना महामारीको भयावह संक्रमणबाट गुज्रिरहेको अहिलेको अवस्थामा समग्र पक्षलाई ध्यान दिएर संसद विघटन गर्ने कदमको प्रतिवाद गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सरकारको असंवैधानिक कदमविरुद्ध एकतावद्ध भएर कोरोना महामारीलाई पार लगाउन पनि प्रतिगमन र यसका नायकविरुद्ध लड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। साथै माओवादी केन्द्रले पार्टीको केन्द्रदेखि वडासम्मका सबै तहमा कोभिड सेवा इकाई गठन गरेर स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार