काठमाडौं । नेपाली काङ्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली लाई हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन पर्ने बिचार व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई प्रधानमन्त्री पदमा दाबी गर्नका लागि शुक्रवार साँझ ५ बजेसम्मको समय दिएपछि सांसद थापाको यस्तो प्रतिक्रिया आएको हो ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन ।