सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने, ५० करोडसम्म एक वर्षको पुर्नकर्जा

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं । लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गरेको छ ।

समीक्षा अनुसार राष्ट्र बैंकले आधार दरमै ऋणको व्यवस्था मिलाउने घोषणा गरेको हो। अहिले बैंकहरुको आधार दर ७ प्रतिशत हाराहारी छ।

सञ्चालनमा रहेका स्वास्थ सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार