शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं (जस)-नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।

वार्तास्थलबाट निस्किँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।कार्यदललाई बिबाद समाधानको खाका तयार पार्न तिन दिनको समयाबधी तोकीएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार