शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुवाश जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक (भिडियोसहित)

शनिबार, जेष्ठ १ २०७८

काठमाडौं(जस)– गीतकार सुबाश जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक भएको छ । MP 2 N Creation युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । सुबाश जमरकट्टेलका शब्दमा वरिष्ट संगितकार विकाश चौधरीले संगित भरेका छन् भने द भ्वाईस अफ नेपाल सिजन 2 का उप विजेता चर्चित तथा लोकप्रिय गायक विकाश लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेकर्डिङ तथा मिक्सिङ गरेका छन भने दयाराम घिमिरेले भिडियो सम्पादन गरेकाछन् ।
कोरोना महामारीले घर भित्रै थुनिएर रहेका बेला सबैलाई उत्प्रेरणा जगाउने खालको सन्देशात्मक गीतमा गीतकार सुबाश जमरकट्टेलले आजको समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई गीतका शब्दमा टपक्कै टिपेका छन् । थोरै शब्दबाट मानव जीवन र जगतकै यथार्थलाई उतारिएको छ । गीतको भिडियो पनि हालको कोरोना भइरसको डर त्रास र भयलाई देखाउदै त्यसबाट हतास र निरास नभई सहयोग र सेवाको बाटोमा जुट्न अनुरोध गरिएको प्रेरणादायी छ । यो लकडाउन कै बीचमा लेखिएको गीत, बन्दाबन्दिकै बीचमा मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।सम सामयिक भिडियो फुटेजहरु जोडेर बनाईएको गीतको भिडियो पनि निकै भावुक र सन्देशात्मक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार