शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

शुक्रबार, बैशाख ३१ २०७८

काठमाडौ(जस)-अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार