काठमाडौ(जस)- राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा.खिमलाल देबकोटाले जेठ ६गते हुन गईरहेको राष्ट्रीय सभाको उपनिर्बाचनमा दिएको उम्मेद्दारी फिर्ता नहुनेप्रष्ट पारेका छन। शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आफ्नो उम्मेद्दारी फिर्ता नहुने स्पष्ट पारेका हुन। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधब नेपाल बिच पाटीको आन्तरीक बिबाद समाधान गनै कार्यदल बनाउने सहमती भएपछि उनको उम्मेद्दारीको सर्बत्र चासो रहेको बेला आफ्नो उम्मेद्दारी फिर्ता नहुने धारणा ब्यक्त गरेका हुन। उनले भनेका छन, । ‘मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ यसमा विवाद हुन सक्दैन।’लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन भन्नेमा आफु दृढ रहेको बताउदै देबकोटाले आफ्नो उम्मेद्दारी फिर्ता नहुने प्रष्ट पारेका हुन।केन्द्रमा जस्तो राजनीतिक घटनाक्रमस् भए पनि आफूले उम्मेदवारी फिर्ता नलिने उनले बताएका हुन्।
‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत अन्य दलको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भनेका छन्।यही जेठ ६ गते हुन गइैरहेको राष्ट्रीय सभाको उपनिर्बाचनमा नेकपा एमाले बाट रामबहादुर थापालाई उम्मेद्दार बनाएको छ।