काठमाडौं।ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा एनआरएनए मध्यपुर्बको पहलमा जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल पठाइदै छ । सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने तयारीमा रहेको छ । एनआरएनए मध्यपुर्बका देशहरु ओमान,कतार,युएई,साउदी अरब,कुवेत र बहराईनमा रहेका गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० अक्सिजन सिलिण्डर खरिद गरिएको हो । उक्त सिलिण्डर शनिबार नेपाल पठाउँछौं राजदुत पराजुलीले जनसवालसँग भनिन् । उनले नेपालमा यो विपत र महामारीको अबस्थामा आ आफ्नो तर्फबाट रकम जम्मा गरि सिलिण्डर खरिद गर्न उल्लेखनीय भूमिका खेलेकोमा एनआरएनए मध्यपुर्ब र यहाँ रहेका संघ संस्थालाई धन्यवाद व्यक्त गरेकी छन ।
नेपालमा बढदो कोरोना महामारीमा अक्सिजनको अभाबले धेरै नेपालीहरुले ज्यान गुमाईरहेको बेलामा मध्यपुर्बी मुलुकमा रहेका नेपालीहरुले अक्सिजन सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारी गरेका छन । ओमानमा रहेका गैर आबासीय नेपाली संघ(एनआरएन) एनसिसि,एनआरएनए मध्यपुर्व र नेपाली राजदुताबास ओमानको पहलमा ५ सय ५० थान सिलीण्डर नेपाल पठाउने तयारी गरीएको हो । प्रति सिलीण्डर ४० लिटर अक्सिजन अट्ने ५ सय ५० थान सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारीमा रहेको ओमान स्थित गैर आबासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष विकल झाले जानकारी दिएका छन । खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फुर्त सहयोगमा करिब ७५ लाख लागत पर्ने नेपाली रुपेैया बराबरको अक्सिजन सिलीण्डर नेपाल पठाउन लागिएको हो । नेपालमा पछिल्लो समय अक्सिजनको अभाबमा धेरै कोरोना संक्रमितले ज्यान गुमाईरहेका छन । नेपाल पठाउने अन्तिम तयारी भएको र यही शनीबार सम्म नेपाल पुर्याउन लागेको झाले बताए । उनले भने‘ ५ सय ५० थान सिलीण्डर खरीद गरी तयारीमा अबस्थामा राखेका छौ र जति सक्यो छिटो नेपाल पुर्याउने पहल थालेका छौ संभबत यहि शनीबार सम्म नेपाल पुर्याउने अध्यक्ष झाले भने । अक्सिजनको सिलीण्डर नेपाल पुर्याउन ओमान स्थित नेपाली दुताबाससंग समन्बय गरीरहेको दुताबासले धेरै ठुलो भूमिका खेलेको झाले बताए । दुताबासले शनीबार सम्म नेपाल पुर्याउने तवरले समन्बय गरीरहेको र यहि शनीबार नेपाल पुग्ने बताईएको छ । अक्सिजन सिलीण्डर मध्यपुर्वमा रहेका गैरआबासीय नेपाली संघको सहयोगमा खरीद गरीएको र नेपालमा अक्सिजनको अभाबमा कोरोना संक्रमितले ज्यान गुमाईरहेको हृदयबिधारक समाचारले दुखी बनाएको झाले बताए । ‘नेपालमा अक्सिजनको अभाबमा मृत्युबरण गरीरहेको समाचारले भाबविहल बनाएको ले अक्सिजनको अभाबलाई केही हदसम्म पुर्ती गर्न सकियोस भन्ने हेतुले मध्यपुर्बमा रहेका नेपालीहरुले स्वतस्फुर्त रुपमा सहयोगको पहल भएर अक्सिजन खरीद गरीएको हो । नेपालको हरेक समस्यामा एनआरएन सदैब सहयोगीको भुमिकामा रहेको बताउदै एनआरएनए मध्यपुर्ब संयोजक प्रविन गुरुङ्गले सहयोगी सबै हातलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।