काठमाडौं । एनआरएनए एसिया प्यासिफिकका पूर्व उपसंयोजक तथा दक्षिण कोरियाका पूर्व अध्यक्ष बिनोद कुंवरले गरे कोरियामा रहेका नेपालीलाई सहयोगको अपिल गरेका छन् ।
संसारभर व्यापक रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो चरणको संक्रमणले नेपालमा पनि हाम्रो स्वास्थ्य पूर्वाधारले थेग्न नसक्ने गरि फैलिएको भन्दै कुँबरले यो बिषम परिस्थितिमा हामि सम्पूर्ण नेपालि एकजुट भई यो कोरोना भाइरस बिरुद्दको युद्धमा हामिले आफ्नो सक्दो सहयोग पुर्याउने अबस्था सृजना भएको उल्लेख गर्दै सहयोगको अपिल गरेका हुन् ।
आदरणीय सम्पूर्णमा नमस्कार,
संसारभर व्यापक रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो चरणको संक्रमणले नेपालमा पनि हाम्रो स्वास्थ्य पूर्वाधारले थेग्न नसक्ने गरि फैलिएको छ। यो बिषम परिस्थितिमा हामि सम्पूर्ण नेपालि एकजुट भई यो कोरोना भाइरस बिरुद्दको युद्धमा हामिले आफ्नो सक्दो सहयोग पुर्याउने अबस्था सृजना भएको छ। हामि नेपालिहरु हरेक परिस्थितिमा देशको लागि सधै सहयोगको लागि तम तयार रहि आएका छौ। यसपटक पनि आफ्नो देश र आफ्नतको लागि उभिने समय आइपरेको हुदा यहाँहरु सम्पूर्णमा बिशेषगरि कोरियाबाँसि नेपालिहररुमा पछिल्ला दिनहरुमा जस्तै एकरुपता भई अक्सिजन तथा सामान्य औषधिको अभावमा हामिले हाम्रा नेपालि कोहि पनि गुमाउन नपरोस भन्ने मनोशायले आफुले सक्दो सहयोग गरि कोरोनाको पहिलो लहरमा बिश्वको उत्कृष्ट टेष्ट किस्ट पठाउन सक्षम भएको थियौ र आउनुहोस यसपालि पनि सबै मिलि एकजुट भई लागौ र अहिलेको अभाव अक्जिन तथा सामान्य उपचारका औषधि पुर्याउन सहयोग गरौ।?
यस कर्यमा कुनै पनि संघसंस्था तथा अभियान्ताहरुको साथमा उभिने प्रतिबदता राख्दछु, आउनुहोस फेरि पनि एकजुट भई देशको लागि अघि बढौ।?
बिनोद कुंवर,
ग़ैर आवासीय नेपालि संघ, (एसिया प्यासिफिक पुर्व उप-संयोजक),
ग़ैर आवासीय नेपालि संघ, दक्षिण कोरिया (पुर्व अध्यक्ष)।