शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

साढे ८२ लाखको हुण्डी रकमसहित चार पक्राउ

बिहिबार, बैशाख ३० २०७८

काठमाडौ। प्रहरीले अवैध वित्तयि कारोबार(हुण्डी) गरिरहेका चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा एक नेपाली र तीन भारतीय रहेका छन्। प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएका बारा महागढी नगरपालिका वडा नं. ४ का १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतीहारी रक्सौलका २७ वर्षीय विकास कुमार, त्यस्तै भारत मोतीहारकीकै २२ वर्षका गुड्डु कुमार र भारत मोतीहारीकै १८ वर्षका साहिल गुप्ता रहेका छन्।

उनीहरुमध्ये कलामुद्दिन अन्सारीबाट २५ लाख रुपैंया र विकास कुमारको कोठाबाट ५७ लाख ५० हजार रुपैंया बरामद गरेको थियो। साथै अभियुक्तहरुसँगै ना ८प ४८९७ नम्बरको डिस्कभर मोटरसाइकल पनि नियन्त्रणम लिएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

बयासी लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने मानिसहरू पक्राउ –
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नं.१८ स्थायी ठेगाना भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमारसमेत निम्न ४ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम यस कार्यालयबाट खटिएको टोलीले निगरानी गरिरहेकोमा मिति २०७८।०१।२९ गते दिउँसो १३:०० बजेको समयमा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई ऐ.पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२५,००,०००।– ( पच्चीस लाख) फेला परेको; साथै निज विकास कुमारको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको रू.५७,५०,०००।– ( सन्ताउन्न लाख पचास हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ ।
निम्न
पक्राउ विवरण
अभियुक्त:-कलामुद्दिन अन्सारी
उमेर:- १८ बर्ष
ठेगाना:- जि.बारा महागढी न.पा.वडा नं.४
पक्राउ मिति:- २०७८।०१।२९ गते ।
मुद्दा:- बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर
अभियुक्त:-बिकास कुमार
उमेर:- २७ बर्ष
ठेगाना:- भारत विहार जि.मोतिहारी रक्सौल वडा नं.१८
पक्राउ मिति:- २०७८।०१।२९ गते ।
मुद्दा:- बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर
अभियुक्त:-गुड्डु कुमार
उमेर:- २२ बर्ष
ठेगाना:- भारत विहार जि.मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९
पक्राउ मिति:- २०७८।०१।२९ गते ।
मुद्दा:- बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर
अभियुक्त:-साहिल गुप्ता
उमेर:- १८ बर्ष
ठेगाना:- भारत विहार जि.मोतिहारी वडा नं.५
पक्राउ मिति:- २०७८।०१।२९ गते ।
मुद्दा:- बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर

प्रवक्ता तथा सूचना अधिकारी
ओम प्रकाश खनाल
( प्रहरी नायव उपरीक्षक )

प्रतिक्रिया
सम्बन्धित समाचार