बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नेपालमा कोरोना महामारीले विकराल रुप लिएको भन्दै सबैलाई हातेमालो गर्न आग्रह गर्दै एनआरएनए मध्यपूर्वका संयोजक प्रविन गुरुङले गरे यस्तो अपिल

बुधबार, बैशाख २९ २०७८

आदारणिय मध्य्पुर्ब क्षेत्रमा रहनुभयका सम्पुर्ण गैरआवासीय नेपाली अग्रज एवं मित्रहरु यहाँहरुसवैमा सम्मान पूर्वक नमस्कार ।

विश्वको वर्तमान साझा समस्या कोभिड–१९ दोस्रो लहरका कारण हाम्रो मातृभूमिमा हाल विकराल अवस्था श्रृजना भएको हामीले प्रत्यक्ष देखी रहेका छौं । कोभिड बाट संक्रमितहरुको उपचारको अवस्था हेर्दा सरकारको व्यवस्थापनबाट समाधान हुने सम्भावना छैन । मातृभूमिमा भएका हरेक विगतका विशम परिस्थीतिमा हामी गैरआवासीय नेपालीहरुबाट हुदै गरेका मानविय सहयोगहरुको गौरवशाली ईतिहास हेर्दै गर्दा अहिलको समस्यामा पनि हामी अग्र पंक्तिमा रहेर समाधानमा लाग्नु पर्ने हाम्रो दायीत्व रहेको छ । भनिन्छ, आफ्नो एक छाक कटाएर भए पनि सत्कर्म गरियो भने हाम्रो खातामा रहेको व्यालेन्समा केही थोरै हुँदै गर्दा हामीले गरीरहेको सत्कर्मको खातामा सत्कर्मको रेखाङ्कित खाता वढी रहेको हुन्छ । त्यस कारण पनि मानवीय सहयोग जस्तो अमूल्य सत्कर्ममा सहयोग गर्ने भनेको हाम्रो जिवनकै सवै भन्दा महत्वपूर्ण कार्य रहने छ । अहिलेको हाम्रो मुख्य आवश्यकता भनेको सिङ्गो देश वचाउनु रहेको अवस्था छ । देशको कहाली लाग्दो अवस्थालाई केही हदसम्म पनि स्थिर गराउन हाम्रो सहयोग भयो भने हाम्रो जिन्दगी पर्यन्त हामीलाई आत्म सन्तुष्टि मिल्ने छ भने धेरै नेपाली जनताहरुमा जिवनको हाँसो थपिने छ ।

यस्तो महान कार्यमा हामी सवै हातेमालो गरि अगाडी वढ्नुको विकल्प अरु केही न भएको कारण हामी गैर आवासीय नेपाली संघले मध्यपूर्व क्षेत्रबाट यस क्षेत्रमा भएका संपूर्ण राष्ट्रिय समन्वय परिषद्को सामूहिक पहलमा ओमानबाट जहाज चार्टरड गरी ४० लिटर क्षमता भएका ६०० अक्सिजन सिलीण्डर, मास्क र रेगुलेटर नेपाल पठाउने निर्णय गरी यसको व्यवस्थापनमा लागीरहेका छौं । एउटा अक्सिजन सीलिण्डर÷कन्सेंट्रेटरले कम्तीमा पनि १० जना सम्मको ज्यान जोगाउन सक्ने सम्भावना रहेको हुँदा यस महान कार्यमा मध्यक्षेत्रमा रहेका लगभग २० लाख नेपालीहरु मध्ये केही प्रतिशतले मात्र पनि हातेमालो गरीयो भने हजारौं हम्रो नेपाली परिवारको जिवनमा खुशी ल्याउन हामी सफल हुने छौं भन्दै यस कार्यलाई अविलम्व कार्यान्वयनको लागि यहाँहरुको सहयोगको आवश्यकता रहेको जानकारी सहित हाम्रो भावनालाई तपाई हाम्रो सहयोगबाट सफल वनाउनको लागी मध्यक्षेत्रमा रहेका संपूर्ण गैर आवासीय नेपालीहरुलाई आ–आफ्नो राष्ट्रको राष्ट्रिय समन्वय परिषद्मा समन्वय गरी आफू सक्दो सहयोग गरिदीनु हुन विनम्र अनुरोध गर्दछु ।
सवैको जय होस सवैको मङ्गल होस ।
जय एनआरएनए
प्रविण गुरुङ्ग
संयोजक, गैरआवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्र,
सह–संयोजक, मध्यपूर्व क्षेत्र स्वास्थ सामग्री सहयोग अभियान

प्रतिक्रिया
सम्बन्धित समाचार