पोखरा(जस) गण्डकी प्रदेशमा काङग्रेस सहित चार दलले मुख्यमन्त्रीकोदाबी गरेका छन।जनमोर्चाले सांसद कृष्ण थापालाई कारबाही प्रक्रिया अगाडि बढाएकोले गठबन्धन अगाडि बढेको हो।गठबन्धनका चारवटै दलहरु पत्र सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन।संबिधानको धारा १६८को२सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन। मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सिता कुमारी पौडेलले आज दिउसो ४बजे सम्मको समयसिमा दिएकी थिइन।गठबन्धनको टोली समय अगावै प्रदेश प्रमुखकोमा पुगेको हो।
गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभा रहेकोछ। बहुमतको लागी ३१ मत आबश्यक पर्दछ।जनमोर्चाका कृष्ण थापाले काङग्रेसलाई मुख्यमन्त्री बनाउन सहयोग नगर्ने बताएपछि गठबन्धन अफ्ठ्यारोमा परेका थियो।