शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ओली सामु आत्मसमर्पण नगर्ने घनश्याम भुसालको उद्घोष

बुधबार, बैशाख २९ २०७८

काठमाडौ(जस)-एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् । एमाले माधब नेपाल समुहका नेता भुसालले भने,‘हामी कुनैपनि हालतमा ओली संग आत्मसमर्पण गर्देनौ।पाटीमा छलफल गरेर उचित निर्णय लिन्छौ’बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा आलीले प्रतिनीधी सभामा बिश्वासको मत लिदा खनाल-नेपाल समुहले बहिस्कार गरेको थियो ।प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न मुख्य भुमिका खेलेको भनदै ओली पक्षले कारबाही गर्ने संकेत पाएपछि भुसालले उक्त प्रतिक्रीया दिएका हुन।उनले सामाजीक सञ्जालमा लेखेका छन,‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालले हिजो पाटीमा प्रचण्डलाई गाली गरेर नेकपा बिभाजन गर्नेहरु आज माधब- झलनाथलाई गाली गरेर एमाले बिभाजन गर्न उद्दत रहेको बताएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार