कठमाडौ(जस) जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै अहीलेको राजनैतिक तथा स्वास्थ्य संकटको लागी ४ शर्त पेश गरेका छन। भट्टराईले संबिधानको धारा७६को २ बमोजिम सबै दलको मिलीजुली सरकार बनाउने बताएका छन।र सरकारको नेतृत्व हाल सम्म प्रधानमन्त्री नभएको नया ब्यक्तीले गर्ने र एक बर्षमा चुनाब गर्ने गरी अबधारणा प्रस्तुत गरेका छन।कोभिड नियन्त्रणको लागी एक उच्च स्तरीय समितीको गठन गरी कोरोना ब्यबस्थापनको लागी तदारुकताका साथ पहल गर्ने भनी आफ्नो धारणा प्रस्तुत गरेका छन।