नेपालगन्ज(जस)-बाँकेमा मंगलबार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ४ बजेदेखि आज विहान ४ बजेसम्मको अवधिमा थप १२ जनाले कोरोनाका कारण ज्यान गुमाएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताएका छन।
वलीका अनुसार ९ जनाको भेरी अस्पताल, २ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । मृतक मध्ये ६ जना बर्दिया, बाँकेका ५ जना र १ जना रुकुम पूर्वका छन् ।
भेरी अस्पतालमा सिस्ने गाउँपालिका ३ रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बारबर्दिया ६ बर्दियाकी ६३ वर्षीया महिला, खजुरा गाउँपालिका ३ बाँकेका ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका ४ बाँकेकी ४५ वर्षीया महिला, बढैयाताल ३ बर्दियाकी ७८ वर्षीया महिला, बाँसगढी नगरपालिका ९ बर्दियाका ७३ वर्षीय पुरुष, नेपालगन्ज १० बाँकेका ६८ वर्षीय पुरुष, गुलरिया ६ बर्दियाका २१ वर्षीय पुरुष र बढैयाताल १ बर्दियाका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँसगढी ५ बर्दियाका ६० वर्षीय पुरुष र कोहलपुर ८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको खजुरा २ बाँकेका ८८ वर्षीय पुरुषको होम आइसोलएसनमा मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट बाँकेका १९७ जनाको मृत्यु भएको छ ।