काठमाडौ(जस)-नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिहलाई कोरोना संक्रमण भएको छ। सिहको होम आईसोलेसनमा उपचार भईरहेको मसालका प्रबक्ता रामप्रकाश पुरीले बताएका छन। हाल उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ। सो पाटीका प्रबक्ता पुरीले जारी गरेको प्रेस बक्तब्यमा भनिएको छ।‘उहाँमाथि सङ्क्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ ।’महामन्त्री सिह प्रतिनीधी सभाकी सांसद दुर्गा पौडेलका पति हुन। नेपालको कम्युनिष्ट आन्दोलनमा सिह अग्रज र पुराना नेता मानीन्छन। सिह नेपालमा कम्युनिष्ट पाटी स्थापनाकालको संस्थापक सदस्य समेत हुन।