काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।
देशभर पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न समयमा कोरोना संक्रमणबाट मृत्यु भएका तर सरकारी आंकडमा समावेश नभएका ६५ जनासमेत जोड्दा मृत्यु हुनेको संख्या १३९ जना पुगेको छ । यो कोरोनाका कारण एकै दिन सार्वजनिक भएको संख्या सर्वाधिक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ । यसअघि हिजो कोरोना संक्रमण सुरु भए देखिकै उच्च ८८ जनाको मृत्यु भएको थियो ।