शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

माधब पक्षका सांसदहरुको राजीनामा नदिने निर्णय,संसद बैठकमा भने सहभागी नहुने

सोमबार, बैशाख २७ २०७८

काठमाडौ(जस)-अन्ततः सामुहिक राजीनामा दिने तयारीमा रहेको माधब समुहका सांसदहरु राजीनामा नदिने निष्कर्समा पुगेको छ।नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने जानकारी दिएका छन।
प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिए । ‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रको उपहास गर्नु हो’रावलले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार