शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सहमतिमा पारिश्रमिक तोक्ने व्यवस्थामा हस्तक्षेप नहोस् : निजी क्षेत्र

शुक्रबार, बैशाख २४ २०७८

काठमाडौँ(जस)–न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले यही वैशाख २० गते राजपत्रमा सूचना प्रकाशन गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिबारे गरेको निर्णयबाट उद्यमी–व्यवसायीहरूलाई मर्का परेको उल्लेख गर्दै महासङ्घ, परिसङ्घ र चेम्बरले बिहीबार एक संयुक्त वक्तव्य निकालेर सरकारी निर्णय कार्यान्वयन गर्न कठिन हुने जनाएको छ ।
“अहिले मुलुकका ५६ वटा जिल्लामा जारी पूर्ण तथा आंशिक निषेधाज्ञाले सात लाखभन्दा बढी व्यवसाय प्रभावित भएका, निषेधाज्ञाको अवधि बढदै जाँदा ती व्यवसायी थप प्रभावित हुने तथा प्रभावित भएकामध्ये अधिकांश साना तथा मझौला व्यवसायी भएकाले उनीहरूको दैनिक खर्च सञ्चालनसमेत कठिन भएका बेला समस्याग्रस्त व्यवसायमा आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा सरकारको हस्तक्षेप नहोस् भन्ने हामी निजी क्षेत्रको अनुरोध छ”, संयुक्त वक्तव्यमा भनिएको छ । आर्थिक वर्षदेखि लागू हुने गरी भएको पारिश्रमिक वृद्धिको निर्णय कोभिडको दोस्रो लहर लम्बिदै गएर उद्यम व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नभएमा कार्यान्वयन गर्न कठिन हुने ती संस्थाले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
व्यवसायीको साझा आग्रह
निजी क्षेत्रका तीन प्रमुख संस्थाले कोभिड–१९ को उपचारमा महत्वपूर्ण मानिएको अक्सिजन सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षत्रयले बिहीबार संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरी मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको तथ्यलाई स्मरण गराएका छन् ।
उहाँहरूले कोभिड–१९ को दोस्रो लहरसँगै सङ्क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बनेको, अस्पताल भरिदै गएका छन भने विशेषगरि सँक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको उल्लेख गर्नुभएको छ । ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दै उहाँहरूले यस परिस्थितिमा आम उपभोक्तालाई पनि आप्mनो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर सञ्चित नगरी दिन हुन आग्रह गरेका छन् ।
यसैगरी अत्यावश्यकीय खाद्य सामाग्रीको सञ्चिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि हाम्रो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘महामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मूल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सम्वद्ध सबै व्यवसायीहरूमा अपील गर्दछौँ । अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरूले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आह्वान गर्दछौँ ।’
आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक सञ्चिति नगरिदिन हुन पनि अनुरोध गरिएको छ । त्यस्तै, केही निजी अस्पतालले विषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचारतर्पm पनि हाम्रो ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बिरामीको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पताल मुलुक सङ्कटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्र्जन गर्नेतर्पm लाग्नु हुने छैन भन्ने पनि हामीले विश्वास लिएका छाँै ।’ निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जिम्मेवार व्यवसायमा विश्वास गर्ने र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गरेको छ । चरम सङ्कटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैर प्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको जानकारी गराएको छ । यसरी संयुक्त आग्रह गर्नेमा महासङ्घका अध्यक्ष शेखर गोल्छा, परिसङ्घका अध्यक्ष सतिशकुमार मोर र चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल छन् ।
शय्या चाहिएमा फोन गर्न आग्रह
काठमाडौँ(जस)–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।
सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार