सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीय संसदका चार सांसदमा कोरोना संक्रमण पुष्टि

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं(जस)-संघीय संसदका चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदहरुको हिजो लिइएको स्वाबको परीक्षणमा चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो ।

सभामुख अग्नीप्रसाद सापकोट भने रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार